(१) नेपाली सेनाको नियन्त्रणमा रहेको कुनै ठाउँ वा बोझ बाहकमा वा त्यसको आसपासमा दफा ८ मा लेखिए बमोजिमको कुनै दुर्घटना भएमा सरोकारवाला नेपाली सेनाका अधिकारीले सो दुर्घटनाको कारणको जाँचबुझ गर्नुपर्छ र सो बाहेक अन्यत्र त्यस्तो कुनै दुर्घटना भएमा प्रमुख जिल्ला अधिकारीले सो दुर्घटनाको कारणको जाँचबुझ गर्नु पर्दछ ।
(२) उपदफा (१) अन्तर्गत जाँचबुझको काम गर्ने सैनिक अधिकृत वा उपदफा (४) अन्तर्गत जाँचबुझ गर्ने नेपाल सरकारबाट खटिएको अधिकारीलाई प्रमुख जिल्ला अधिकारी सरहको सबै अधिकार हुनेछ र दफा ६ बमोजिम प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्न पाउने
अधिकारको प्रयोग पनि सो जाँचबुझको प्रयोजनको निमित्त आवश्यक एवं उपयुक्त देखेमा गर्न सक्नेछ ।
(३) यस दफा अन्तर्गत कुनै दुर्घटना सम्बन्धी जाँचबुझ गर्ने व्यक्तिले सो जाँचबुझ सकिएपछि सो दुर्घटनाको कारण र परिस्थिति समेत खोली नेपाल सरकारमा लिखित प्रतिवेदन पेश गर्नु पर्छ ।
(४) उपदफा (३) बमोजिम प्रतिवेदन प्राप्त भै सकेपछि वा नहुँदै नेपाल सरकारले दुर्घटनाको रुप हेरी आवश्यक देखेमा उपदफा (१) अन्तर्गत जाँचबुझ गर्ने कामलाई रोक्ने आदेशदिन सक्नेछ र अरु उपयुक्त ठानेका कुनै अधिकारीद्वारा सो दुर्घटनाको कारणको जाँचबुझ गराउन
सक्नेछ ।
(५) यस दफा अन्तर्गत जाँचबुझ गर्न खटिएका अधिकारीलाई साक्षीहरु झिकाउने लिखत अन्य महत्वपूर्ण माल वस्तुहरु दाखिल गराउने, बयान बकपत्र गराउने सम्बन्धमा प्रचलित नेपाल कानून बमोजिम शुरु अदालतलाई भए सरहको अधिकार हुनेछ ।